पुस्तक किन अध्ययन गरिन्छ ? एक वाक्यमा भन्दा पुस्तक अध्ययनको उद्देश्य ज्ञानको दायरा फराकिलो बनाउन हो । ज्ञान उत्पादन नगरिकन कुनैपनि क्षेत्रको अझ् राजनीतिमार्फत् समाजको सही नेतृत्व सम्भव छैन । अज्ञानताले समााजको रुपान्तरण सम्भव हुँदैन । त्यसकारण पुस्तक अध्ययन आवश्यक हुन्छ । पुस्तकलाई समाजसँग जोडेर बुझ्नुपर्छ । नेपाली समाज र पाठकमा पुस्तक अध्ययनको संस्कृति कस्तो…