लेखनाथ न्यौपाने, नेकपा नेता

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता लेखनाथ न्यौपानेसँग विद्यार्थी राजनीतिदेखिको लामो अनुभव छ । बौद्धिक नेताको परिचय बनाएका न्यौपानेसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको विशेष कुराकानीः

देशको राजनीतिक घटनाक्रम कसरी अगाडि बढिरहेको छ ?

देश राम्रैसँग चलिरहेको छ । ठिकै दिशातिर हिंडिरहेको त होला ।

केपी शर्मा ओली नेतृत्वको सरकारले जनचाहनाअनुसार काम गरेको छ ?
जनताको अपेक्षा चुलिएको र हामीले पनि धेरै चु्ल्याउने काम भएको अवस्थामा केपी ओली नेतृत्वमा सरकार बनेको हो । हाम्रोमा काम गर्ने शैली, ढंग र संरचनाहरु परम्परागत छन् । त्यो जनचाहना चुलिएको अपेक्षासँग बाँझिएका छन् ।

त्यसलाई व्यवस्थापन गर्न अहिलेको नेतृत्व सफल कि असफल ?
त्यसलाई पुरा गर्नका निम्ति काम गर्ने नयाँ शैली र संरचनाहरु आवश्यक छ । परम्परागत सोच र शैलीबाट अगाडि बढेर यो चुलिएको अपेक्षालाई सम्बोधन गर्न जो– कोही आएपनि पुरा हुन सक्दैन भन्ने मेरो बुझाईं हो ।

यो नेतृत्वले जनचाहनाअनुसार काम गर्न सकेको छैन भन्ने तपाईंको भनाइ हो ?
यो सरकारले जनअपेक्षाकृत काम गर्न नसकेको कुरा स्थापित जस्तै भयो । तर, काम गर्न नसक्नाका कारण मैले माथि बताएको छु ।
पुराना शैली र ढर्राले मुलुकमा प्रगति हुँदैन भन्ने तपाईंको निष्कर्ष हो ?
अपेक्षाकृत काम हुन नसक्नुको मुख्य कारण भनेको हामी नेताहरुले सोच्ने र काम गर्ने पुरानो तरिका अपनाएर हो । २०४६ पछिको राजतन्त्रत्मक संसदीय व्यवस्थामा जुन तरिका र ढर्राले काम गरिन्थ्यो, अहिले गणतन्त्र आइसक्दा पनि हामी त्यसैलाई आधार बनाएर काम गरिरहेका छौं । त्यसकारण जनताको आवश्यकतालाई सम्बोधन गर्न सकिएको छैन । दोस्रो, जनअपेक्षालाई सम्बोधन गर्ने मुख्य क्षेत्र सेवा हो । जनतालाई सेवा दिने तरिका हिजोभन्दा नयाँ बनाउन सकेनौं वा परिवर्तन भएन । सेवा हिजोकोभन्दा सस्तो र गतिशील हुनुपर्नेमा झन् महंगो भयो । तेस्रो कुरा सेवा दिने महत्वपूर्ण अंग ब्यूरोक्र्यासी हो । त्यो राणाकालीन स्कुलिङबाट हुर्केको परम्परागत ढर्रा र शैलीभन्दा माथि उठ्नै सकेको छैन । यी विषयहरु अहिलेको परिवर्तित व्यवस्थासँग पटक्कै मेला खाँएका छैनन् । त्यसैले कर्मचारीतन्त्र जसलाई स्थायी सरकार भनिन्छन्, त्यसको सोचमा परिवर्तन नभएसम्म अहिलेको चुलिएको अनअपेक्षा पूर्ति हुँदैन ।

अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बढेको हो ?
पछिल्लो समय छिमेकी राष्ट्रहरुसँगको अन्तर्राष्ट्रिय सम्बन्ध सकारात्मक ढंगले अघि बढेको देखिन्छ । चीन, भारत र हामी तीन बराबर हौ भनेर हाम्रा प्रधानमन्त्रीले भन्नुभएको छ । त्यसको व्यवहारिक रुप आगामी दिनमा हेर्दै जानुपर्छ । त्यसैले सिको भ्रमणलाई सकारात्मक ढंले बुझ्नु पर्छ भन्ने लाग्छ । तर, नेपालमा हुने विदेशीहरुको गतिविधि नकारात्मक या सकारात्मक त्यो मसनिोसँग हेर्दै जाने कुरा हो । अहिले भएका सम्बन्ध वा उपस्थिति त्रिकोणात्मक देखिएको छ । यो त्रिकोणात्मक सम्बन्धका कारण साना–साना कुरामा पनि बढी चासो राख्ने काम हुन्छ भन्ने लाग्छ । त्यसलाई कसरीे लिने वा कसरी प्रतिवाद गर्ने भन्नेतिर हामी लागेका छैनौं । हाम्रो देशका सभामुखसँग जोडिएर घटना घट्यो, विदेशीहरुले वक्तव्यवाजी गरेर त्यसबारे किन बोल्नु प¥यो ? त्यो हाम्रो आन्तरिक विषय हो, त्यसबारे हामीले कारबाही प्रक्रिया अगाडि बढाइसकेको अवस्थामा विदेशीहरुले किन वक्तव्य निकालेका होलान् ? आउने दिनमा हाम्रा आन्तरिक मामलामा हामी स्वतन्त्रतापूर्वक निर्णय लिने र हाम्रो सार्वभौमिकताको रक्षा गर्ने सोचाईमा विगतमा समस्या भएको पक्का हो ।

देशको आन्तरिक व्यवस्थापन राम्रो भयो भने अन्तर्राष्ट्रिय सम्बन्ध पनि राम्रो हुन्छ हो ?
हो, हामीले अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउन पहिला आन्तरिक व्यवस्थापन राम्रोसँग गर्न जरुरी हुन्छ ।

२०६२/६३ पछि प्राप्त गणतन्त्र, लोकतन्त्र बँचाउन युवा वर्ग जुटेको हो ?
पक्का पनि, यसमा दुबिधा छैन । तर परम्परागत शैली र सिस्टमले अहिलेको व्यवस्थामा काम गर्न सकेन भन्ने मेरो विश्लेषण हो । जनअपेक्षाअनुसार काम गर्न नसकेको वा जनतालाई सेवा डेलिभरी गर्न नसकेको, सन्तुलित परराष्ट्रनीति कायम गर्न नसकेको र सार्वभौमिकताको प्रयोगमा हामी कहिलेकांही डगमगाउने परम्परागत शैलीकै कारण हो । जसरी जनताको अपेक्षाहरु चुलिएका छन्, त्यसलाई समबोधन गर्नेगरी कर्मचारीतन्त्रदेखि राज्यसत्ताका अन्य सम्यन्त्र परिवर्तन गर्न सकेनौं भने जतिसुकै साधन, स्रोतको परिचालन गरेपनि त्यसबाट सही परिणाम निकाल्न सक्दैनौं भन्ने मेरो भनाइ हो । त्यसैले नयाँ अवश्यकता अनुसार संरचना र काम गर्ने तरिका फेर्ने र संस्थागत गर्न लाग्नुपर्छ ।

हाम्रो देशको प्राप्त उपलब्धीलाई संस्थागत गर्न यो तरिबाट तपाईं सन्तुष्ट हुनुहुन्न हो ?
हिजोको भन्दा आजको संघीय लोकतान्त्रिक गणतन्त्र प्रगतिशील प्रणाली हो । त्यसकारण यसलाई अन्यथा ठान्ने वा नकारात्मक हो भन्ने कुरा भएन । तर, माथि गणतन्त्र भन्ने तल यसका अवयवहरुले काम गरेनन् भने संघीय लोकतान्त्रिक गणतन्त्रले केही गर्न सक्दैन । त्यसकारण यो व्यवस्थाअन्तर्गतका राजनीति नेतृत्व, सरकार, प्रशासन, न्यायालय, जनता, समग्र संस्कृति, अर्थनीतिहरु कस्तो हुनुपर्ने हो ? त्यो अर्थनीतिले उत्पादन बढाएर आयातलाई घटउने हो कि होइन ? हिजो भन्दा आज जनताले जीवन यापनमा सहजता अनुभूति गरेका छन् कि छैनन्, जनता आर्थिक गतिविधिमा संलग्नता हुने अवस्था बनेको छ कि छैन् ? आदि पक्षले सन्तुष्ट वा असन्तुष्ट भन्ने हो । स्थिति त्यति सन्तोषजनक छैन ।

तपाईंको पार्टीको कुरा गर्दा पछिल्लो समय जबजमा गएको छ हो ?
हाम्रो पार्टीले रुपमा जनताको जनवाद भने पनि सारमा हाम्रा गतिविधिका आधारमा जवजतिरै गइरहेको देख्छु तर दुई पार्टीबीच एकता भयो, त्यो प्रक्रिया साढेएकवर्ष हुँदा पनि टुंगिएको छैन । यो आपैmमा हामी र पार्टीमाथिको प्रश्न हो, भन्ने म ठान्दछु । यतिलामो समयसम्म पार्टी एकताको प्रक्रियाहरु टुंग्याउन नसक्नुमा लिडरहरुको कार्यक्षमतामा कतै न कतै प्रश्न उठेको छ । यो कार्यक्षमता भएको पार्टी नेतृत्वको सरकारले देशमा सुशासनसहित समृद्धि ल्याउने कुरा आपैmमा अन्तरविरोधी देखिन्छ । यति लामो समयसम्म पनि आफ्नै पार्टी एकताका कुरा त मिलाउन सक्दैनौ भने अरु धेरै ठूला कुरा किन गर्छौं भन्ने कुरा जनस्तरबाट पनि उठ्न सक्ने एउटा पक्ष छ । दोस्रो हामीले एकता किन गरेको हो भन्ने कुरा पुष्टि गर्न सक्छौं वा सक्दनौं ? एकता पावरमा पुगेर इन्जोइ गर्न र आफ्नाहरुलाई सेटिङ गर्नका लागि गरेको होइन । हामी छुट्टाछुट्टै लड्दा अरुले लौजने भए, त्यसैले एकता गरेर चुनाव लड्ने र जितेर पावर इन्जोय गर्ने उद्देश्यमा पार्टी एकता हो भन्ने गलत सन्देश सर्वसाधरणसम्म पुगिसकेको छ । मैले बुझेको पार्टी एकता अर्के उद्देश्यका लागि हो । चुनाव जित्ने त हो नै, सँगै समाजलाई अगाडि बढ्ने र आधारभूत तहका जनतालाई बलियो बनाउने विषयमा एकतालाई प्रवेशै गराइएन । त्यसैले भद्रगोल भइराखेको हो । त्यसकारण सबभन्दा पहिला हामीले एकता किन गरेको भनेर प्रमाणित गर्नुपर्छ । त्यसको लागि पार्टीका सबै संरचनालाई व्यवस्थित बनाएर वैचारिक वहस चलाउनु पर्छ । महाधिवेशनमा गर्ने बहस अनौपचारिक हुन्छ, त्यो औपचारिक वहसले मात्रै पार्टी एकता सुदृढ हुँदैन र सही दिशा पनि लिंदैन ।

पार्टीको नीति र नेतृत्वमा पनि छलफल सुरु हुनुपर्छ भन्ने तपाईंको भनाइ हो ?
अहिले वा आज नै नेतृत्वका बारेमा बहस, छलफल हुनुपर्छ भन्दा हाम्रा अध्यक्षहरु, नेता र मन्त्रीहरुले हामीलाई हटाउनका लागि भनेर बुझ्ने समस्या आउन सक्छ जुन संकीर्ण सोचाइहरु हामीमा छ, म त्यतातिर जान चाहन्न । तर, आजीवन एउटै पात्र, उही मान्छे र पुस्ताले नेतृत्व गरिराख्ने प्रवृत्ति विज्ञान विरोधी विषयवस्तु हो भन्ने कुरा दृढतापूर्वक मैले राख्ने गरेको छु, आज पनि राख्छु ।

तपाईंको पार्टीभित्र पनि केपी ओली र प्रचण्डकै हालीमुहाली छ नि ?
त्यसरी केपी ओली र प्रचण्ड मात्रै नेकपा हो भनेर बुझियो भने गलत हुन्छ र त्यो सामन्ती तरिका हुन्छ । यसरी पार्टी बन्दैन, कम्युनिस्ट पार्टी त झन् बन्दैबन्दैन । त्यसकारण केपी ओली र प्रचण्डमात्रै नेकपा होइनन् भनेर बुझ्नुपर्छ । यो पार्टी भनेको उहाँहरुदेखि थुप्रै नेता—कार्यकर्ता, सर्वसाधारण जनता र हामीप्रति सकारात्मक अपेक्षा राख्ने अन्तर्राष्ट्रिय समुदायसमेतको योग हो भनेर बुझ्नु्पर्छ । त्यसो हुँनाले पार्टी भनेको चेन अफ कमान्ड हो । निर्णयप्रक्रिया सामूहिकता भएको पार्टी हो । समाजमा भएका विभिन्न वर्गहरुमध्ये श्रमिक सर्वहारा वर्गको मुक्तिका लागि काम गर्ने पार्टी हो भन्ने भनेर हामीले बुझेका छौं । यही विषयवस्तुलाई सही बाटोमा हिंडाउन बहस, छलफल गर्ने हो । कैयौ विषय बाहिर जनतासम्म गएर छलफल गर्ने हो । तर यसरी काम सुरु नै भएको छैन ।

सरकार सञ्चालमा आलोपालोको विषयलाई लिएर प्रचण्ड आक्रोसित हुनुभएको छ नि ?
हामीबिचको एकता देशमा राजनीतिक स्थायित्वका निम्ति समेत गरिएको हो । जहिले पनि सरकार पाँच वर्षसम्म नचल्न अस्थिरताबाट विगतमा हामी हैरान भएका थियौं । त्यो स्थितिको अन्त्य यो एकताले हुन्छ भनेका थियौं । त्यसैको जगमा समेत हामीले यो लोकप्रिय मत प्राप्त गरेका हौं । तर, सरकार सञ्चालन र पार्टी सञ्चालन एकै ठाउँमा हँुदा एकताको भाव आएन कि भन्ने कुरा सही नै छ । यसका लागि एउटा नेताले पार्टी चलाउने र अर्को नेताले सरकार चलाउने प्रक्रियामा जादा राम्रो हुन्छ भन्ने हाम्रो सुझाव हो । सरकार संचालन वा नेतृत्वबारे के–के सहमति भएको थियो, पार्टीको केन्द्रीय समितिमा आएको छैन, उहाँहरु दुईजनाले जान्ने कुरा हो । तर, पार्टीको एउटा कार्यकर्ता हुनुको नाताले आलोपालोको समभ्mदारी भएको छ भने त्यसलाई कार्यान्वयन गर्नुहोस्, त्यसले एकतालाई बलियो बनाउँछ भन्न सक्छौं । दोस्रो कुरा नेतृत्व गर्ने दुईवटा क्षेत्र मध्ये एउटाले एउटा पक्ष अथवा सरकारको र अर्कोले अर्को पक्ष अथवा पार्टीको नेतृत्व गर्दा सबभन्दा हाम्रो हुन्छ भन्ने लाग्छ । यसो गर्दा कार्यसम्पादन पनि राम्रो हुन्छ र परिणाम निस्कन्छ । नेतृत्व क्षमता पनि बजभुत हुन्छ र पार्टी एकतालाई बलियो बनाउँछ ।

त्यसो भए प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्षको जिम्मा प्रचण्डको एकल नेतृत्वमा हुनुपर्छ भन्ने तपाईंको निष्कर्ष हो ?
हो, नत्र पार्टी एकता गर्ने अनि एकैजनाले दुई–दुईवटा पद लिने गरेर त कसरी हुन्छ र ? माथिदेखि तलसम्म एकाथरीले दोहोरो पद लिँदैजाने अर्काथरीले काम नपाउने अवस्थाबाट मुक्त हुनुपर्छ । यसलाई विधि मानेर नजादा पार्टीको विधि नै हराउँछ नि । त्यसैले पार्टीलाई विधि र प्रक्रियामा चलाउनुपर्छ । त्यो विधिभित्र सबै नेता छिर्नुपर्छ । पार्टीको विधिभन्दा माथि कोही पनि हुन सक्दैन । अध्यक्षहरु पनि विधिभित्र छिर्नुपर्छ । अहिलेको अवस्थामा दुईजना लिडर हुनुहुन्छ भने त्यसमा जुँगाको लडाँइँ गर्न मिल्दैन । पार्टीलाई राम्रोसँग अगाडि बढाउने, समाजवादमा जाने आधार बनाउने हो, एकतालाई बलियो बनाएर वैचारिक बहसमा जाने हो भने विधिभित्र सबैलाई छिराउनुपर्छ । त्यसको लागि एकजनाले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने कुरा नै सही हुन्छ ।

केपी ओलीले त माधव नेपाल हुँदा पनि बस्नुभएको हो, म पनि दुई पदमा बस्छु भन्नुभएको छ नि ?
होइन, यसमा तर्कका लागि तर्क गर्ने, समस्या हल गर्नका लागि अगाडि नबढ्ने हो भने हामीले पार्टी एकतालाई पुष्टि गर्न सक्दैनौं । त्यसो हुनाले अहिले नै धेरै आलोचना गर्ने कुरामा म जान चाहन्न । समस्या समाधानका लागि नेतृत्वले कुरा बुझ्नुपर्छ, केपी कमरेडले एउटा पद छोड्नु नै सही निर्णय हुन्छ ।

Loading