काठमाडाैं । पूर्व विद्यार्थी नेता तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपालनेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस दलाल पुँजीवादी वर्गको प्रतिनिधित्व गर्ने शक्ति भएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा यस्तो धारणा लेखेका हुन् ।

आजको नेपालको प्रमुख प्रतिपक्ष दल दलाल पूँजीवादी वर्गको प्रतिनिधित्व गर्ने शक्ति हो। उसले शिक्षा र स्वास्थ्य लगायत सबै बिषय खुल्ला बजारको वस्तु ठान्छ। यस्तो दृष्टिकोण भएको शक्तिले निजी स्वास्थ्य र शिक्षाको विरोध गरेको, दृष्टिकोण सच्चिएर हो कि, सत्ता बाहिर बस्नु पर्दाको पीडा ओकलेको हो ? नेता न्याैपानेले प्रश्न गरेका छन् ।

आजको नेपालको प्रमुख प्रतिपक्ष दल दलाल पूँजीवादी वर्गको प्रतिनिधित्व गर्ने शक्ति हो। उसले शिक्षा र स्वास्थ्य लगायत सबै बिषय खुल्ला बजारको वस्तु ठान्छ। यस्तो दृष्टिकोण भएको शक्तिले निजी स्वास्थ्य र शिक्षाको विरोध गरेको, दृष्टिकोण सच्चिएर हो कि, सत्ता बाहिर बस्नु पर्दाको पीडा ओकलेको हो ? नेता न्याैपानेले प्रश्न गरेका छन् ।

उसले भन्नुपर्छ कि शिक्षा र स्वास्थ्य जस्ता सेवाका क्षेत्रमा निजी लगानी अन्त्य गरिनुपर्छ । त्यसो हुँदा उसको सरकारप्रतिको विरोध र गोविन्द केसीप्रतिको समर्थन सही ठान्न सकिन्छ। स्वास्थ्य शिक्षा विधेयक र काँग्रेसी नेताका नाममा खोलिएका अस्पतालको व्यवस्थापन एउटै विषय होइन । सदन अवरूद्ध र सडक आन्दोलन गर्ने मुद्दा बलियो र राष्ट्रीय हुनुपर्छ । कस्को रिसले उसको काखमा सुसु नगर्दा स्वयम् कांग्रेसलाई राम्रो होला । नेता न्याैपानेकाे सुझाव छ ।

नेता न्याैपानेले लेखेका छन्- ‘डा. केसीले जसरी स्वास्थ्य शिक्षा केन्द्रित मुद्दा उठाएर, त्यो निकै महत्वपूर्ण थियो र छ तर उनले जब राजनीतिक मुद्दा उठाए वा उनी मार्फत उठाइयो, उनले त्यहीबाट गल्ती गरे । यसले उनी विवादमा मात्र तानिएनन्, उनले चलाएको आन्दोलन र मुद्दा खण्डित र कमजोर बन्यो ।’

माथिका बिषयबाहेक केसीले उठाएका शिक्षा-स्वास्थ्य, कृषि र वनका मुद्दाको विरोध गर्नुको कुनै तुक नभएकाे उनकाे धारणा छ । केसी लोभ नभएका सिक्नलायक जीवन जिएका विज्ञ भएपनि उनी स्वतन्त्र नागरिक नभएर त्रिविका जागिरे प्रा. डा. भएकाे भन्दै उनको अभिव्यक्ति र आन्दोलनको प्रकृतिबीच लय कत्ति पनि नमिलेकाे नेता न्याैपानेकाे भनाइ छ । ‘उनी लोभ नभएका सिक्नलायक जीवन जिएका विज्ञ हुन् तर उनी स्वतन्त्र नागरिक होइनन् । त्रिविका जागिरे प्रा. डा. हुन् तर कर्मचारी होइनन् । उनको अभिव्यक्ति र आन्दोलनको प्रकृतिबिच लय कत्ति पनि मिलेको देखिदैन, केसीले योबारे सोंचून् ।’

खराे आलाेचककाे पहिचान बनाएका नेता न्याैपानेले भनेका छन्- ‘आज प्रति डा. कति जनताले स्वास्थ्य सेवा पाएका छौं ? आगामी १० वा २० वर्षमा कति पुर्याउने लक्ष्य छ ? यो अनुरूप सत्ताधारी दलमा आजको वहस छैनन् । समाजवाद हाम्रो स्पष्ट लक्ष्य हो र आगामी १० वर्षपछि शिक्षालाई गैर नाफामुखी पक्का बनाउँछौं भने आज निजीलाई सम्बन्धन दिन किन मरिहत्ते गर्दैछौं ? डा. पढ्न नेपाली विद्यार्थी विदेश गए र ठूलो धनराशी बाहिर गयो भनेर शिक्षा पसल खोल्न दिने तर्क न कम्युनिस्ट विचारसँग मिल्छ, न त समाजवादी गन्तव्यसँग मेल खान्छ । यस्ता तर्क गरेर कम्युनिस्टको नाममा दलाल पूँजीवादको पक्षपोषण नगरौं ।’

यसमान्डु डटकममा प्रकाशित

Loading