सत्तारुढ दल (नेकपा)का केन्द्रीय सदस्य तथा चर्चित पूर्व विद्यार्थी नेता लेखनाथ न्याैपानेले एउटै व्यक्ति कम्युनिष्ट पार्टीकाे सदस्य र निजी शैक्षिक सस्थाका सञ्चालक हुन नसक्ने धारणा राखेकाछन ।
न्यौपानेले भने कम्युनिस्ट नेता कार्यकर्ताले दुई मध्ये एक त्याग्नु पर्छ । या त निजी विद्यालयकाे सञ्चालक या कम्युनिष्ट पार्टीकाे सदस्यता त्याग्नु पर्छ । यो नै गर्न नसक्ने कुनै पनि मुल्यमा कम्युनिस्ट हुन नसक्ने बताएकाछन ।
नेकपा निकट दुइ संगठनले अखिल क्रान्तिकारी र अनेरास्ववियू जिल्ला समिती नवलपुरले अायाेजना गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम बोल्दै उक्त्त भनाइ राखेका हुन । न्यौपानेले मुलुक भ्रष्टाचारमा डुब्न लागेको भन्दै युवा बिद्यार्थीले सचेततापुर्वक सोच्नु पर्ने बेला आएको तर्फ जोड दिएका थिए ।